गोंगबु घटना छानविन गर्न समिति गठन

काठमाडौ। गोंगबु घटना छानविन गर्न समिति गठन भएको छ । प्रहरी प्रधान कार्यालयले घटनाबारे छानविन गर्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले समिति गठन भएको अन्नपूर्णलाई जानकारी दिए । समितिमा उपत्यका प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठ,काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी सिताराम रिजाल,उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसाल सदस्य छन् ।

फागुन १ गते यातायात मजदुरहरूको विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले प्रहरी भ्यान,प्रहरी विट,ट्राफिक आईल्याण्ड तोडफोड तथा आगजनी गरेको र ल्होत्से मलमा तोडफोड गरी मोबाइल पसलमा लुटपाट गरेका थिए ।

सो घटनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *