चोरी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

विराटनगर। झापामा चोरी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका– ८ बस्ने विजय भन्ने रोबिन राजवंशी र सोही नगरपालिका– २ बस्ने एलेक्स भन्ने विजय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार झापा जिल्ला अदालतको मिति २०७८ कार्तिक १४ गतेको फैसला अनुसार चोरी मुद्दामा विजयलाई ६ महिना कैद र ५ हजार जरिवाना सजाय सुनाइएको थियो ।

अदालतले सोही दिनको फैसलामा एउटै घटनामा संलग्न एलेक्सलाई १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना सजाय सुनाइएको थियो ।फरार रहेका राजवंशी र चौधरीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई झापा जिल्ला अदालतमा उपस्थित गराइ कैद भुक्तानका लागि झापा कारागार भद्रपुर चलान गरिसकेको प्रहरीले जनाएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *