कोशी अस्पतालको अवस्था दिन प्रति दिन खस्किदै:थाई चिकित्सक निजि अस्पताल तर्फ केन्द्रित

विराटनगर। कोशी अस्पताल विराटनगर ले चिकित्सा क्षेत्रमा एम.डी. गरेका विद्यार्थीलाई व्यवहारिक ज्ञान दिदै आएको छ।

विभिन्न सेवा तर्फ एम.डी. गरेका विद्यार्थीलाई व्यवहारिक ज्ञान दिंदा अनुगम एवं प्रशिक्षण दिने उदेश्यले अस्पतालमा कार्यरत केहि चिकित्सकहरुलाई सह-प्रध्यापकमा बढवा गरेर कामको जिमेवारी दिएको छ।

अस्पतालका पुर्व मेसु समेत रहनु भएका डाक्टर योग्यराज खरेल लाई अर्थोपेटिक सर्जनलाई पनि यस बिषयमा एम.डी. गरेका विद्यार्थीलाई अनुमगन गर्ने र प्रशिक्षण दिने जिमेवारी समेत दिएको छ। तर उहाँले आफुले प्रयोग गर्ने सामाजिक संजाल फैसबुकमा पहिलो नम्बरमा आफुलाई गोल्डेन होस्पितल प्रा.लि. उल्लेख गरेर आफु गोल्डेन अस्पतालको थाई चिकित्सक भएको सन्देस दिनुभएको छ।

उहाँ कोशी अस्पतालको थाई चिकित्सक हुनुहुन्छ। उहाँलाई सह-प्रध्यापकको जिम्मा कोशी अस्पतालमा एम.डी. गरेका विद्यार्थीलाई सहजीकरण गर्नको लागि जिमेवारी दिएको हो।

कोशी अस्पतालको अवस्था दिन प्रति दिन खस्किनुमा चिकित्सकको ध्यान अस्पताल प्रति केन्द्रित नभई निजि अस्पताल प्रति केन्द्रि हुनु नै हो। कोशी अस्पतालमा कार्यरत अधिकांस चिकित्सक हरुको सग्लनता निजि अस्पताल तर्फ केन्द्रित रहेको पाइन्छ। यस तर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरि छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *