January 19, 2023
बेपत्ता कार्कीको शव ३ महिनापछि भेटियो
सोलुखुम्बु / सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका- २ काँगेल बोगलका बाल कुमार कार्कीको शव भेटिएको छ । गत असोज २१ गते धौलागिरी हिमालको खरपासमा खसेर बेपत्ता भएका २७ वर्षीय कार्कीको शव मंगलबार फेला परेको हो ।
हिमपात भएको बेला बेपत्ता बनेका कार्कीको शव हिउँ पग्लदै गएपछि देखिएको मृतकका आफन्त सुर्यबहादुर बस्नेतले बताए । उनको शव हेलिकप्टरमार्फत पोखरा ल्याई त्यहाँबाट गाडीमार्फत काठमाडौ पठाइएको छ।
शवलाई हाल पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको बताइएको छ । फुल सिजनल माउन्टेन ट्रेक्स प्रा.लि.बाट पदयात्रामा निस्किएका गाईड कार्की बेसक्याम्पको खरपासमा खसेर बेपत्ता भएका थिए ।