कोभिड १९ बाट शनिबार मात्र २६ जनाको ज्यान गए

मनिला : फिलिपिन्समा कोभिड १९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको छ । दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

सो विभागकाअनुसार शनिबार कोभिडबाट ५९१ जना सङ्क्रमित भएका  छन् । कोभिड महामारी सुरु भएदेखि अहिलेसम्ममा ४० लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका बताइएको छ ।

यहाँ अहिले सक्रिय सङ्क्रमित १३ हजार मात्र भए पनि पछिल्लो समयमा कोभिडबाट हुने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । प्राप्त समाचारअनुसार यहाँ कोभिडका कारण ६५ हजार बढीको ज्यान गएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *