विराटनगर सुपर किङ्ग्ससँग नेपाल टी २० लिगमा पोखरा एभेन्जर्स पराजय
काठमाडौं। राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको अविजित अर्धशतकप्रेरित विराटनगर सुपर किङ्ग्ससँग नेपाल टी २० लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो पराजय बेहोरेको छ। बुधबार पनि विराटनगरसँगै ६ विकेटले हारेको पोखरा लिगको पाँच खेलमा पनि जितविहीन बनेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेका पोखराले ६ विकेटको क्षतिमा एक सय ३५ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १८.४ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
विराटनगरका लागि जहिर खान र अमिर हम्जाले एक–एक विकेटबाहेक अन्य बलर विकेट विहीन रहे।
पहिलो इनिङमा पोखराका लागि हम्जाले २५ बलमा एक चौका र तीन छक्कासहित अविजित इनिङ खेलेका थिए। त्यसबाहेक कप्तान उपुल थरङ्गा २५ र ओपनर सुमित महर्जनले २६ रनको योगदान गरे। त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।
बलिङतर्फ एन्ड्रे मकार्थीले विराटनगरका लागि सर्वाधिक तीन विकेट लिए। यस्तै, नन्दन यादव, राज ननन र साहब आलमले एक–एक विकेट लिए।
जारी फ्रेन्चाइज लिगमा विराटनगरले चारमध्ये दुई खेल जितेको छ। पोखरा जितविहीन छ।