छोरीको असली भाग्य बिहेपछि थाहा हुन्छ: प्रेम बिनाको सम्बन्ध

देवानगञ्ज । सामाजीक बिकृती हटाउने सोच लिएर हिडेको छु ,पक्कै पनि पढेर साथ दिनु हुनेछ जतिसक्दो सेयर पनि गरिदिनु होला ,आमा म अहिले बिहे गर्दिन , छ‍ोरीले भनिन ,

आमा : यत्तिको घर पाउदा नि के भएको त?
छोरी : पढ्छु के आमा !
आमा : उनिहरुले पढाइ’दिन्छन, तैले बिहे गर्नै पर्छ ।

छोरीले अब कर गरिनान उनले बिहे गर्न राजी भइन् ।बिहेमा भएको केही समय राम्रो थियो त्यसपछि उनले आफू पढ्ने कुरा आफ्नो श्रीमान लाई भनिन् ।
श्रीमान : किन पढ्नु पर्यो ?
श्रीमती : पढ्ने मेरो रह’र हो, म जसरी नि पढ्छु ।
श्रीमान : बुहारी भएर ठुलो कुरा गरेको सुहाउदैन। खुरुखुरु घरको काम गर्न !श्रीमतीले आफु’ले पढ्ने चाहाना मनमा नै द’वाएर राखिन् ।

सासू ,ससुरा, नन्द कोही पनि बोलेन । उनलाई सबैले एक्लो बनाउन थाले । आफ्नो श्रीमान दिनदिनै झगडा गर्न थाले, रिसाउन थाले, उनलाई माया नै गरेनन।आफ्नो माइतीमा आमा बा’बालाई भनौ भने पिर मान्ने हुन कि भनेर आफ्नो पी-डा मनमा दवाएर राखिन् ।२ वर्ष पछि उनीमाथि झन अत्याचार गर्न थालियो ।

घरमा कोही नबोल्ने श्रीमान सधै झगडा गर्ने रिसाउने गर्न थाले पछि उनलाई त्यो घरमा बस्न मन नै भएन । उनी आफ्नो माइती गइन् ।खुसि भएर हिड्छु भन्दा भन्दै उनको अनुहारमा पीडा देखियो । उनले आफ्नो आमालाई भनिन् ।

आमा मलाई त्यो घरमा धेरै दुख दिन्छन ।
आमा : नहुने कुरा नगर ।
छोरी : मत जान्न आमा अब त्यो घर !
आमा : घर गरेर खान नसकेर बाहाना नबना है ।
छोरी : माया त गर्दैन म कसरी जाने ?
आमा : केही थाहा छैन जान नै पर्छ

छोरी : अहँ म त जान्नकेही दिन पछि :उनी माइतीमा बसे पछि गाउलेले कुरा ‘का-ट्न थाले । आफन्तले हेला गर्न थाले । सबैलाई पीडा सुनाइन् तर उनको पि’डा मजाक बन्यो , उनलाई कसैले साथ दिएनन। उनको जन्म दिने आमाले समेत साथ दिइनन् उनी फेरि टुटिन् । आमाले ‘घर जा’ भन्ने घरकाले ‘घर नआइज’ भन्ने यस्तै चलिरहेको थियो ।

आमाले जसरी नि घर जा भनेर पठाइदिइन । उनी रुदैरुदै घर गइन , बाटोमा पुगेपछि उनलाई घर जान मन नै लागेन जहाँ माया छैन। म त्यो घरमा कसरी बस्न सक्छु। प्रेम बिनाको सम्बन्ध कसरी निभाउन सक्छु ।यहि सोचेर कसैको साथ नपाएकी ती छोरीले अन्तिममा मृत्यु नै रोजिन आत्महत्या गरेर आफ्नो प्राण त्याग गरिन ।

सन्देश : छोरीको असली भाग्य बिहेपछि थाहा हुन्छ । दुख पाएर माइती आएकी चेलीको तागत बन्नुस । उनको बारेमा कुरा काटेर उनलाई कमजोर नबनाउनुस। नारी देवि हुन बुझ्ने कोशिश गर्नुस ।

बिना गल्ती दुनियाँले कुरा काट्दा आफ्नो परिवार कसैको साथ नपाउदा अनि टु्ट्छिन। उनको साथमा कोही नहुदा उनी कमजोर हुन्छिन। अनि मृत्यु रोज्छिन। यस्तो हुन कदापि नदिनुस है ।

Add a Comment

Your email address will not be published. Required fields are marked *