नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार एक सय

काठमाडौं। नेपाली सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख दुई सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० ले बढेर प्रतितोला एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार आठ सय ११ दशमलव छ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ । रासस

Add a Comment

Your email address will not be published. Required fields are marked *