प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महिन्द्र राय यादवले शुक्रबार शपथ लिने

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महिन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनीयताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणले आज शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ ।

यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउने छन्। सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराउने कार्यक्रम राखेको थियो ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आज आयोजित समारोहमा दुई सय ७० सांसद्ले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।

यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई आज शपथ लिन अनुपस्थित भए। आले पारिवारिक शोकमा र राई सुत्केरी भइ अस्पतालमा छिन्। खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा उपस्थित हुन नसकेको संसद् सचिवालयले जनाएको छ ।

यसअघि २०७४ सालको प्रतिनिधिसभामा यादव उपस्थित नभएपछि सांसदलाई महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ गराएका थिए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *