म देउवाको प्रस्तावक बस्दिनँ:रामचन्द्र पौडेल

काठमाडौं। नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको विषय पेचिलो बन्दै गएको छ। पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेता बन्ने गृहकार्यमा रहिरहेका बेला संस्थापन इत्तर पक्षले गगन थापालाई संसदीय दलको नेता बनाउने निर्णय गरेपछि कांग्रेसमा नयाँ बहस सुरु भएको छ।

संस्थापन इत्तर समूहको मंगलबार बिहानको बैठकले गगन थापालाई संसदीय दलको नेता बनाउने निर्णय गरेपछि अंक गणित मिलान गराउन नेताहरूको दौडधुप पनि सुरु भएको छ।

यही क्रममा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेतामा सभापति देउवाको प्रस्तावक आफू नबस्ने बताएका छन्। आफैँ पनि संसदीय दलको नेताको आकांक्षी रहेका पौडेलले सभापति देउवाको प्रस्ताव नबस्ने बताएका हुन्।

पार्टी सभापति शेरबहादुर देउवासँगको भेटमा पनि आफ्नो आकांक्षा प्रस्तुत गरेका पौडेललाई देउवाले सकारात्मक संकेत नदिएपछि उनी संसदीय दलको नेता बन्ने होडबाट केही टाढा भएको देखिन्छ।

गगन थापालाई भने डा शेखर कोइरालाले आफू प्रस्ताव बन्ने बताइ सकेका छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि गगन थापाको प्रस्तावक आफैँ बसेरै भए पनि संसदीय दलको नेता बन्ने बताएका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *