प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरे

विराटनगर। झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो झापाको मेचिनगर नगरपालिका-१० स्थितमा लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले WB74 BF 5817 नम्वरको स्कुटरमा सवार रहेका भारत दार्जिलिङका २८ बर्षीय मनोज गिरी र ३० बर्षीय प्रमोद कुमार राउतलाई संका लागि चेक जाँच गर्ने क्रममा उनिहरुको साथबाट ४३ ग्राम ब्राउन सुगर बरामद गरेको हो भने लागु औषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१६ स्थितमा भारत बाट नेपाल आउदै गरेको प्रदेश १-०४-००१ प ३१०२ नमवरको मोटरसाईकलमा सवार रहेका छथरजोरपाटी गाउपालिका-१ धनकुटाका २० बर्षीय मिङमा शेर्पा र धनकुटा नगरपालिका-१ का १९ बर्षीय सुमन तामाङलाई ०.८५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *