महिला हिंसा नियन्त्रण गर्न किशोरीहरुको दुई दिने भेला सम्पन्न

महिला हिंसा नियन्त्रण गर्न किशोरीहरुको दुई दिने भेला सम्पन्न
विराटनगर, २८ मंसिर । महिला हिँसा न्युनिकरण अभियानमा सहयोग पुरयाउन धनकुटाको भेडेटारमा महिला प्रदेश १ भरिका अगुवा किशोरीहरुको दुई दिने भेला सम्पन्न भएको छ ।

महिला जनचेतना केन्द्र, मेचीनगरको आयोजनामा सम्पन्न भएको उक्त्त भेलामा प्रदेश नम्बर १ का दश वटा जिल्लाहरु झापा, मोरङ्ग, सुनसरी, धनकुटा, इलाम, पाचथर, भोजपुर, उदयपुर, संखुवासभा, तेह्रथुमबाट करिब ३५ जना अगुवा किशोरीहरु सहभागी भएका थिए ।

समाजमा कायमै रहेको लैङ्गिक हिंसा विरुद्धको अभियानलाई सार्थक तुल्याउनलाई प्रदेश भरिका किशोरीहरुलाई सहभागी गराएर दुई दिने कार्याशाला सञ्चालन गरिएको संस्थाका कार्यकारी प्रमुख राधा प्रधानले बताइन ।

सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ यस वर्ष नेपालमा पनि १६ दिन लैङ्गिक हिंसा विरुद्ध अभियान मनाइएको थियो ।

सो कार्यक्रम अन्तगर्तत महिला जनचेतना केन्द्रले दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यहरु मध्ये लैङ्गिक समानताको विषयमा सहभागिहरुलाई विषेश प्रशिक्षण दिएको हो ।

त्यस्तै महिला आन्दोलन, उपलब्धीहरु, अनि अगामी दिनमा आइपर्ने चुनौतिहरुको विषयमा पनि भेलामा विशेष चर्चा भएको थियो ।

उदघाटन सत्रमा प्रमुख अतिथि वियोन्ड वेइजिङ्ग कमिटि नेपालका अध्यक्ष सुसिला श्रेष्ठले विषेश प्रशिक्षण प्रदान गरेकी थिइन ।
त्यस्तै लेखक तथा अनुसन्धानकर्ता रिता शाह, मानव अधिकारकर्मी कोषराज न्यौपाने, महिला अधिकारकर्मी मंजीता उपाध्यायले सहजीकरण गरेका थिए ।

उक्त्त कार्यशालाबाट प्रदेशस्तरीय घोषणा पत्र पनि जारी गरिएको थियो । सो कार्यशालाको उदघाटन सत्रको अध्यक्ष सिता गुरुङ्ग, सञ्चालन संस्थाका सचिव भुवन सुब्बा, कार्यक्रमको औचित्य माथि प्रकास संस्थाका कार्यकारी प्रमुख राधा प्रधान, र स्वागत संस्थाका सदस्य रेजिना श्रेष्ठले गरेका थिए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *