नेपाल अर्थतन्त्र संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको :अध्यक्ष नेपाल
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको अर्थतन्त्र संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको बताएका छन्। शनिबार भक्तरपुरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले विश्वव्यापी मन्दीको असर नेपालमा पनि परेको बताएका हुन्।
उनले उनले अष्ट्रिलियाको अर्थतन्त्र संकटतर्फ उल्लेख गर्दै अहिले नेपालको अर्थतन्त्रको अवस्था कस्तो छ भन्दै प्रश्नसमेत गरे।
‘नेपालको अर्थतन्त्रको अवस्था पनि गुज्रिदैछ की भन्ने देखिन्छ।’नेपालले थपे,‘ देशको अर्थतन्त्र सुधार्ने कसरी ? राष्ट्रिय पुँजीलाई प्रोत्साहन दिने कसरी ? वैदेशिक पुँजीहरुलाई स्थान दिने कसरी ? यी सबै कुरा र समग्र हाम्रो कामको बारेमा नयाँ समीक्षा गर्नु आवश्यक छ, समीक्षा गरेर कमजोरीलाई सुधार्नु आवश्यक छ।’
नेपालले जनताको समस्यालाई समाधान गर्न लाग्नुपर्ने स्पष्ट पारे। चुनाव जित्ने मात्र ठूलो कुरा नभएको उनको भनाई छ। नेपालले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न सक्छौं त्यो मूख्य कुरा भएको बताए । उनले जनताका आवाज सुनेर सम्भव भएसम्म सम्बोधन गर्न समेत आग्रह गरे।