विवादित प्रधानन्यायाधीश

काठमाडौं। महाभियोग लागेका राणा सबैभन्दा विवादित प्रधानन्यायाधीशमा चित्रण हुन पुगेका छन्। तत्कालीन प्रधानन्यायाधीशहरू विश्वनाथ उपाध्याय, सुरेन्द्रप्रसाद सिंह र सुशीला कार्कीविरुद्ध महाभियोग ल्याइएको थियो। कालान्तरमा सभामुखले आफैं खारेज गरेका वा सरकार आफैंले फिर्ता लिएका थिए।

वरिष्ठ अधिवक्ता प्राध्यापक गान्धी पण्डितका अनुसार, महाभियोगको अभ्यासले विकृति ल्याउन सक्ने जोखिम छ। ‘महाभियोग प्रस्ताव लगाउन सकिन्छ। तर, महाभियोगलाई टुंगोमा पुर्‍याउनुपर्छ,’ वरिष्ठ अधिवक्ता पण्डित भन्छन्, ‘महाभियोगको दुरुपयोग गर्नुहुँदैन। स्वतन्त्र न्यायालयमा हस्तक्षेप हुनु राम्रो होइन। प्रत्येक न्यायाधीशको शीरमा महाभियोगको दरबार झुन्डिएको अवस्था छ।’

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्यायालय अवस्थाले दुःखित तुल्याउने बताए। ‘प्रधानन्यायाधीशमाथि महाभियोग लाग्नु राम्रो होइन,’ उनले भने, ‘न्यायालयको अवस्थाले दुखित तुल्याएको छ।’

Add a Comment

Your email address will not be published. Required fields are marked *