जनमत पार्टीका अध्यक्ष सिके राउत विजय नजिक पुगे

सप्तरी। निकै रोचकताका साथ हेरिएको सप्तरी क्षेत्र २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत विजय नजिक पुगेका छन्।

मधेसवादी पृष्ठभूमिका दुई पार्टी अध्यक्ष र पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धालाई निकै रोचकताका साथ हेरिएको थियो।

सप्तरी २ को मतगणनामा सुरुवातदेखि नै अग्रता लिएका राउतले २९ हजार २७२ मत प्राप्त गरी विजयी निश्चित गरेका छन्। निकट्तम प्रतिद्वन्द्वी जसपाका अध्यक्ष उपेन्द्र यादवले १४ हजार ६०२ मत ल्याएका छन्। यो १४ हजार ६७० मतको फरक हो। जबकी मतगणना गर्न १० हजार ७०७ मत मात्र बाँकी रहेको छ।

हालसम्म क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा ५३ हजार ८५३ मतगणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सप्तरीले जनाएको छ। जसमा २ हजार ७४८ मत बदर भएको र ५१ हजार १०५ मत सदर भएको छ। सप्तरी २ मा ६७.९७ प्रतिशत अर्थात ६४ हजार ५६० मतदान भएको छ।

गत निर्वाचनमा यादवले यसै क्षेत्रबाट २१ हजार ७२० मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उक्त निर्वाचनमा उनका निकट्तम प्रतिद्वन्द्वी बामगठबन्धनका उमेशकुमार यादवले ११ हजार ५८० मत ल्याएका थिए।

यस्तै लोसपाबाट विद्रोह गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका जयप्रकाश ठाकुरले २०७४ को निर्वाचनमा ९ हजार ४५९ मत ल्याएका थिए। सत्ता गठबन्धन गर्दा समेत उनले विगतमा स्वतन्त्रबाट उम्मेदवार हुँदा जति पनि मत नपाउने सम्भावना स्पष्ट रहेको राजनीतिक विश्लेषकहरु बताउँछन्। अहिलेसम्म गठबन्धनबाट उम्मेदवार बनेका लोसपाका जयप्रकाश ठाकुरले ५ हजार ८१७ मत प्राप्त गरेका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *