लोकतान्त्रिक–वामगठबन्धनका उमेदवार नारायणबहादुर वुर्जामगर पुनः निर्वाचित

उदयपुर। उदयपुरको क्षेत्र नम्बर २ अन्तरगतको प्रदेशसभा १ को प्रदेससभा सदस्यमा लोकतान्त्रिक–वामगठबन्धनका उमेदवार नारायणबहादुर वुर्जामगर पुनः दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मगरले एमालेका उमेदवार देवराज राईलाई ३५ मतको झिनो अन्तरले जित निकालेका हुन् । प्राप्त मतपरिणाम अनुसार वुर्जामगरले ८ हजार १०५ मत प्राप्त गरे ।

त्यसैगरी उनका प्रतिसपर्धि राईले ८ हजार ७० मत प्राप्त गरे । मगर यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा स्वतन्त्रबाट विजयी भएका थिए । माओवादीको भागवण्डामा परेको यो क्षेत्रमा अघिल्लो पटक आधिकारिक उमेदवार भेषकुमारी राउतले उमेदवारी फिर्ता लिएपछि मगरलाई दुबै पार्टीले साथ दिएका थिए ।

माओवादीले राउतलाई टिकट दिएपछि मगर स्वतन्त्रबाट उमेदवारी दिएका थिए । उमेदवारी फिर्ता लिने समयमा माओवादीले आधिकारिक उमेदवारलाई फिर्ता गराएपछि वुजालाई गठबन्धनको साथ थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *