निर्वाचनमा खटिएकी एक जना महिला कर्मचारीको गएराती मृत्यु

धनकुटा। मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा खटिएकी एक जना महिला कर्मचारीको गएराती मृत्यु भएको छ । साँगुरीगढी गाउँपालिका खरखोलेकी सीतादेवी माध्यमिक विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षिका पवित्रा याखा लिम्बुको मृत्यु भएको हो।

उनी साँगुरीगढी गाउँपालिका ३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी थिइन् । मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्कंदै गरेकी लिम्बु अचानक बेहोस भएको मतदान अधिकृत प्रज्ज्वल पोखरेलले बताए ।

उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको पोखरेलले बताए । उच्च रक्तचापको समस्या रहेकी लिम्बु सोही कारण बेहोस भएको हुन सक्ने बताइएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *