November 18, 2022
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीमा नाका बन्द
काठमाडौ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीमा नाका बन्द गरिएको छ । आइतबार हुने निर्वाचनलाई मध्यनजर गर्दै नेपालसँग जोडिएका सीमा नाका बन्द गरिएको हो।
यसैक्रममा कपिलवस्तुको कृष्णनगर, चाकरचौडा, मर्जादपुर लगायतका नाकामा आवतजावत गर्ने सवारी साधन रोकिएपनि मतदातालाई भने चेकजाँचका आधारमा आवतजावत गर्न दिइने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धवेन्द्र कुमार मिश्रले जानकारी दिए ।
निर्वाचन हुनु ७२ घन्टा अघिदेखि स्थिर अवधि सुरु हुने हुँदा प्रचारप्रसार तथा अन्तराष्ट्रिय सिमानाका समेत बन्द हुने नियम छ । ३ लाख ७८ हजार २ सय ३२ मतदाता रहेको कपिलवस्तुमा ३ प्रतिनिधि ६ प्रदेश सभा निर्वाचनका लागी एमाले, सत्ता गठवन्धन, जसपा, लोसपा, राप्रपा, स्वतन्त्र गरी एक सय ४३ उम्मेदवार चुनावी मैदानमा छन् ।