निर्वाचन आचारसंहिता विपरीत शिक्षक नियुक्ति;गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण

विराटनगर। निर्वाचन आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई निर्वाचन आचारसंहिता विपरीत शिक्षक नियुक्ति गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

उक्त नगरपालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी राखेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा २४ घन्टाभित्र जवाफ दिन स्पष्टीकरण सोधिएको हो ।

आयोगले यसअघि पनि विभिन्न सरकारी क्याम्पस र विद्यालयका शिक्षकलाई आचारसंहिता उल्लंघनका विषयमा स्पष्टीकरण सोधेको थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *