November 10, 2022
आगो ताप्नेक्रममा एकजना बालकाको मृत्यु
भिमाद। तनहुँको भिमाद नगरपालिका–७, अर्चलेमा आगो ताप्नेक्रममा एकजना बालकाको मृत्यु भएको छ ।
भान्सा कोठामा आगोले अचानक पोल्दा ९ वर्षीय सुभाष थापा घाइते भएका थिए । उनको शरीरका विभिन्न भागमा पोलेको र उपचारका लागि तत्कालै पश्चिमाञ्चल अस्पताल पोखरा लगेको थियो । सुभाषको उपचारकै क्रममा बुधबार राति १२ बजे मृत्युको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार घट्नाबारे थप अनुसन्धान भइरहेको छ ।