जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

चन्द्रागिरी नगरपालिका-८ मातातीर्थ बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित गेष्ट हाउसमा लगी विभिन्न मितिमा पटक-पटक करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई मातातीर्थस्थित बौथली चोकबाट पक्राउ गरेको हो

Add a Comment

Your email address will not be published. Required fields are marked *