October 22, 2022
कांग्रेसका महामन्त्री शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधे
विराटनगर। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
आयोगले शुक्रबार निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको गुनासो आएपछि महामन्त्री शर्मालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो। अग्निपीडितलाई पैसा वितरण गरेको भन्दै महामन्त्री शर्माविरुद्ध उजुरी परेकाले आयोगले स्पष्टीकरण सोधेको उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए । आयोगले मुख्यमन्त्री शर्मालाई आफू उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा व्यक्तिगत रूपमा वा प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को दफा ४ (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्नेगरी कुनै कार्य गर्न नहुने उल्लेख छ ।