घुम्तीमा गुडिरहेको बसमा आगलागी

खोटाङ। हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ। काठमाडौंबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नंको यात्रुवाहक बसमा आज साँझ एक्कासी आगलागी भएको हो।

बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेर नष्ट भएको छ। बसमा आगलागी भएपछि त्यसमा सवार यात्रु अलपत्र परेका छन्। बसमा ३२ यात्रु सवार थिए। उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन दिक्तेलबाट अर्को बस पठाउने तयारी भइरहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए।

गुड्दै गरेको बसको इन्जिनबाट आगो निस्केको यात्रुले बताएका छन्। आगलागी भएको बस पुरानो भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए।

Add a Comment

Your email address will not be published. Required fields are marked *