September 23, 2022
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा खटाइएका दुई निर्वाचन अधिकृत हेरफेर
विराटनगर। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्येनजर गर्दै खटाइएका दुई निर्वाचन अधिकृत हेरफेर गरेको छ।
असोज ६ गतेदेखि लागूहुनेगरी इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा खटाइएका सर्वोच्च अदालतका उपसचिव देवेन्द्र ढकाललाई हटाइएको छ। उनको ठाउँमा राजकुमार दाहाललाई खटाएको छ।
यस्तै आयोगले बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा अशोकराज रेग्मीलाई हटाएर बाबुराम पाण्डेलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ। दाहाल सर्वोच्च अदालतमा कार्यरत छन् भने पाण्डे जलस्रोत तथा सिंचाइ विभागमा छन् ।