निर्वाचन आयोगले २४ घन्टाभित्र अर्थसचिवलाई समावेश बाहेकका योजना र कार्यक्रममा रकमान्तर निकासाको विवरण बुझाउन निर्देशन

विराटनगर। निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० मा समावेश बाहेकका बजेट रकमान्तर निकासा र स्रोत सुनिश्चितताको विवरण २४ घन्टाभित्र बुझाउन अर्थ सचिव कृष्णहरी पुष्करलाई  दिएको छ।

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आगामी मंसिर ४ मा हुने निर्वाचनको मिति घोषणा भएपछि बजेट रकमानान्तर र श्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने बारेमा २४ घन्टाभित्र स्पष्ट पार्न र विवरण बुझाउन भनेको हो।

नेपाल सररकाबाट मिति २०७९/४/१९ मा प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकिए पश्चात व्यवस्थापिका संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुनेगरी अर्थ मन्त्रालयबाट कुन कुन मन्त्रालय र निकायहरुमा के कति रकम कुन योजना तथा कार्यक्रमहरुमा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने विषयमा नेपाल सरकारका अर्थ असचिवबाट २४ घन्टाभित्र निर्वाचन आयोग नेपाललाई प्राप्त हुनेगरी विवरण पेश गर्न निर्देशन दिएको छ, विज्ञप्तिमा भनिएको छ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *