प्रतिनिधि सभाका सभामुख र उपसभामुखको पद खाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

विराटनगर । प्रतिनिधि सभाका सभामुख र उपसभामुखको पद खाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

संविधानको मर्म अनुसार प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म आफ्नो पद बहाल रहने व्यवस्था अनुसार सभामुख र उपसभामुखको पनि पद खाली हुनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर भएको हो । अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराई, जगन्नाथ दुलाल,रेजीना पौडेललगायतले परमादेशको माग गर्दै रिट दायर गरेका हुन् । गत असोज १ देखि सांसदको कार्यकाल सकिएको थियो ।

दलहरुले समानुपातिक सांसदका लागि बन्द सूची बुझाइसकेकाले सभामुख र उपसभामुखको पद कायम राख्नु संविधान विपरित हुने रिटमा उल्लेख छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *