राष्ट्रपति भण्डारीले ९९८ जनालाई विभिन्न विधामा विभूषण प्रदान

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन्। संविधान दिवसका अवसरमा सोमबार मानपदवी, अलंकार र पदकबाट सम्मान गरिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्य अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/५/३१ गतेको सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा विभूषण प्रदान गरेकी हुन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *