September 15, 2022
चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ
बिराटनगर।चोरी मुद्धाका फरार प्रतिवादी १ जनालाई पक्राउ गरेको छ ।
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, RIT बाट खटीएको प्रहरी टोलीले चोरी मुद्धाका फरार प्रतिवादी १ जनालाई पक्राउ गरेको हो । सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२० गतेको फैसलाले चोरी मुद्धमा १ महिना ४ दिन कैद २ हजार रुपैया जरिवाना र सोहि मितिको सजाय निर्धारण फैसला आदेशले ४ महिना ४ दिन कैद र ५ हजार रुपैया जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका बिराटनगर ६ मोरङका २९ बर्षीय पप्पु सहनीलाई गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा आजै पक्राउ गरी कैद भुक्तानको लागी मोरङ जिल्ला कारागारमा पठाएको छ ।