लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ

विराटनगर। झापाको भद्रपुर र बिर्तामोडबाट लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अस्थायी प्रहरी पोस्टले भद्रपुर- ५ स्थित मेची पुलबाट दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्याम्पो चालक बिर्तामोड नगरपालिका- २ निवासी ३६ वर्षीय लोकराज राजवंशी र ट्याम्पोमा सवार कनकाई नगरपालिका-८ निवासी २५ वर्षीय अजय राजवंशी रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ४७३४ नम्बरको ट्याम्पोलाई प्रहरीले सीमा नाकामै चेकजाँच गर्ने क्रममा ट्याम्पोभित्र लुकाई छिपाई राखिएको १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । ट्याम्पोसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापा पठाएको छ ।

त्यस्तै लागु औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका- ६ का २८ वर्षीय मोहन राजवंशीको कोठाबाट ५ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

उनीहरुमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *