क्रूर, अमानवीय हत्याको सट्टामा ‘स्वेच्छाचारी हत्या’शब्द राखेर विधेयक अघि बढाउन आग्रह :प्रचण्ड

काठमाडौ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन- २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा राजनीतिक सहमति जुट्न सकेको छैन ।

नेकपा माओवादी केन्द्र हत्यालाई मानव अधिकार उल्लघंनका रुपमा उल्लेख गर्नुपर्ने अडानमा छ भने एमाले हत्यालाई गम्भीर मानव अधिकारका रुपमा राखिनुपर्ने पक्षमा छ । सोही विषयमा कुरा नमिल्दा विधेयक अघि बढ्न सकेको छैन।

बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रूर, अमानवीय हत्याको सट्टामा ‘स्वेच्छाचारी हत्या’शब्द राखेर विधेयक अघि बढाउन आग्रह गरे । विधेयकमाथि दफावार छलफलमा प्रचण्डले मानवअधिकारको गम्भीर उल्लंघनका मुद्दामा विशेष अदालतले गर्ने फैसलाविरुद्ध पुनरावेदनमा जाने व्यवस्था राख्न सकिने बताए ।

सहमति नजुट्दा संसद्मा विधेयक निर्णयार्थ प्रस्तुत हुन सकेको छैन ।

Add a Comment

Your email address will not be published. Required fields are marked *