निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाए

विराटनगर। निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको  छ ।

आज मध्याह्न १२ बजेका लागि छलफलमा बोलाइएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहितालगायत समसामयिक विषयमा छलफलका लागि बोलाइएको बताइएको छ ।

आयोगले यसअघि पनि दलका प्रतिनिधिसँग छलफल गरिएको थियो । आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा छलफल गरिएको थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *