खुकुरी प्रहारबाट गम्भीर घाइते

हेटौंडा। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हेटौंडा उपमहानगरपालिका – १२ सिग्रेनी निवासी २६ वर्षीय बिरन घिसिङलाई थप उपचारको लागि काठमाडौंको बीएनबी अस्पताल पठाइएको छ ।

स्थानीय ३८ वर्षीय झोन सागर ब्लोनको प्रहारबाट घाइते भएका घिसिङलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । घाइतेको अवस्था गम्भीर भएकाले हेटौंडा अस्पतालले काठमाडौंको बीएनबी अस्पताल रिफर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

घरनजिकै रहेको चौतारामा बसिरहेका घिसिङलाई ब्लोनले आइतबार राति पुरानो रिसिबीको कारण खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घिसिङको बायाँ हातमा गहिरो लागेको छ ।

खुकुरी प्रहार गर्ने ब्लोनलाई खुकुरी र खुँडासहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *