कोरोनाको कारण थप दुई जनाको मृत्यु

काठमाडौं। कोरोनाको कारण थप दुई जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १३३ जना संक्रमित निको हुँदा दुई जनाको मृत्यु भएको हो।

यो अवधिमा देशभरबाट ३२९४ नमूना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११८६ र एन्टिजेनबाट २१०८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ११० र एन्टिजेनबाट ४२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

हाल सक्रिय कोरोना संक्रमितको संख्या २४४८ पुगेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *