September 5, 2022
सेयर बजार सामान्य अंकले ओरालो लागे
काठमाडौं। सेयर बजार सामान्य अंकले ओरालो लागेको छ। आज नेप्से ४.२९ अंकले घटेर १९७३ विन्दुमा झरेको हो।
कारोबारको पहिलो दिन आइतबार नेप्से ६.६८ अंकले बढेर १९७७.३० विन्दुमा अडिएको थियो। सो दिन २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता सेयर १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँमा खरिदबिक्री भएको थियो। यसदिन २२४ कम्पनीको २४ लाख ४४ हजार ३४४ कित्ता सेयर ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँमा खरिदबिक्री भयो।
आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन। कारोबार रकमका आधारमा रिडी पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ९ करोड बढीको कारोबार भयो। कारोबारमा आएका १३ समूहमध्ये ११ को सूचक घट्यो भने २ को मात्रै बढ्यो।