मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने:राप्रपा नेपाल थापा

काठमाडौं। राप्रपा नेपालले मंसिर ४ मा हुने निर्वाचनलाई लक्षित गरेर मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ।

राप्रपा नेपालको बिहीरबार बसेको सचिवालय बैठकको निर्णयअनुसार मेचीको काँकडभिट्टाबाट हुने मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासमा पुगी काठमाडौं आएर समापन हुनेछ। यस्तै विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिहरुसँग आवश्यक परामर्श गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय बैठकले गरेको छ ।

बैठकमा महामन्त्री सुशिल कुमार श्रेष्ठले राष्ट्रिय स्वाभिमान यात्रा तयारी, महामन्त्री भास्कर भद्राले प्रत्यक्ष र समानुपातिक उम्मेद्वारी, महामन्त्री केशवराज श्रेष्ठले सञ्चार, प्रवक्ता सुरेश आचार्यले प्रचारप्रसार र सहमहामन्त्री दमन वस्नेतले स्रोत परिचालनसम्बन्धी कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए।

Add a Comment

Your email address will not be published. Required fields are marked *