September 1, 2022
यौनदुर्व्यवहारको आरोपमा अध्यक्ष ढकाल पक्राउ
विराटनगर। गैर सरकारी संस्था महासंघ मोरङका अध्यक्ष राजेन्द्र ढकाललाई अप्राकृतिक यौनदुर्व्यवहारको आरोपमा प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१२ बाट ५५ वर्षीय ढकाललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । १३ वर्षीय बालकलाई अप्राकृतिक यौनदुर्व्यवहार गरेको आरोप ढकालमाथि लागेको छ । बालकलाई यौन दुव्यवहार गरेको आरोपमा ढकालविरुद्ध किटानी जाहेरी परेको छ । सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो,’ डीएसपी श्रेष्ठले भने, बालकलाई धम्की दिएर पटकपटक दुर्व्यवहार गरेको आरोप छ ।
यस विषयमा थप बुझ्ने काम भइरहेको छ ।’ ढकाल शिक्षा क्षेत्रमा क्रियाशील एजुकेशन हेल्पलाइनका अध्यक्ष पनि हुन् ।