नोबेल शिक्षण अस्पतालबाट खसेर एक जना बिरामी गम्भीर घाइते

विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालबाट खसेर बुधबार बिहान एक जना बिरामी गम्भीर घाइते भएका छन्।

मानसिक समस्याको उपचार गराइरहेका झापाको गौरीगञ्ज नगरपालिका–६ का २९ वर्षीय आशिष लुइँटेल अस्पतालको दोस्रो तलाबाट खसेर घाइते भएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि भदौ १० गते अस्पताल भर्ना गरिएको थियो। अभिभावकसँगै रहेका लुइँटेल अस्पतालको दोस्रो तलको झ्यालबाट बिहान ७ः१० बजेतिर एक्कासि खसेका थिए। उनको टाउको, निधार लगायत विभिन्न भाग चोट लागेको छ। गम्भीर अवस्थाका लुइँटेलको नोबेलमै उपचार भइरहेको छ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। उनी आफैँले हामफालेको हुनसक्ने प्रहरीले जनाएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *