गठबन्धन गर्दा कांग्रेसले जितेको ठाउँ छाड्न नसकिने : नेता डा. शेखर कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन गर्दा कांग्रेसले जितेको ठाउँ छाड्न नसकिने बताएका छन् ।
कांग्रेस क्षेत्रिय समिति मोरङ ६ ले आइतबार विराटनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कोइरालाले जितेको ठाउँमा कांग्रेसले छाड्न नहुने बताए । कुनै पनि क्षेत्रमा कांग्रेस नछुट्ने गरी गठबन्धन हुनुपर्नेमा उनको जोड छ ।
गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने धेरै छलफल भएको तर स्थानीय तहमा भएको गठबन्धनले परिणाम राम्रो आएको उनले स्वीकार गरे । गठबन्धन एमालेको असंवैधानिक कदम रोक्न गरिएको थियो । अहिले सय सिटभन्दा कममा गर्न सकिँदैन । कांग्रेसमा बिग्रह हुन्छ,” उनले भने, जितेको ठाउँमा कांग्रेसले छाड्न सकिँदैन । कुनै पनि क्षेत्रमा कांग्रेस नछुट्ने गरी गठबन्धन हुनुपर्छ ।
कम्प्युनिष्टसँग सिद्धान्ततः केही कुरा नमिल्ने भए पनि के–के कुरामा मिल्ने प्रस्ट हुनुपर्ने र वैदेशिक नीतिबारे प्रस्टता हुनुपर्नेमा उनको जोड छ । कोइरालाले भने, “कांग्रेसले एक्लै सरकार बनाउन सक्छ कि सक्दैन ? ६ नम्बर क्षेत्रमात्र होइन पूरै मोरङ जिताउन पर्छ, राजनीति सिद्धान्त र विचारको आडमा गरिने हो । जनताले सुशासन र पारदर्शिता मात्र खोजेको बताउँदै उनले पार्टीमा पनि त्यही खोजिएको जिकिर गरे ।
विराटनगर राष्ट्रिय राजधानीको रुपमा बीपी कोइरालाले चिनाएको बताउँदै अहिले यो ओझेलमा परेको हो कि भन्ने भान परेको बताएका छन् । उनले भने, हिजो बीपीले चुनाव लडेको ठाउँ ओझेलमा पर्नुहुन्न । विराटनगरले पहिले जे सोच्दद्थ्यो त्यसपछि मात्र काठमाडौंलै सोच्थद्थ्यो ।