अनधिकृतरुपाम राखेका पसललगायत संरचना तत्काल हटाउन पुन: निर्देशन दिए
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अनधिकृतरुपाम राखेका पसललगायत संरचना तत्काल हटाउन पुन: निर्देशन दिएका छन्।
मेयर साहले काठमाडौंको बानेश्वर, बिजुलीबजार क्षेत्रमा पुगेर अनधिकृतरुपमा राखेका पसललगायतका संरचना तत्काल हटाउन पुन: निर्देशन दिएका हुन्। नक्सापासमा रहेको मापदण्ड विपरीतको संरचना हटाउने अभियानलाई तीव्र पारेको महानगरले बिहीबार विभिन्न स्थानमा पुगेर अनाधिकृत संरचना हटाउन पुन: निर्देशन दिएको हो ।
यसअघि महागरले अनाधिकृत संरचना हटाउन ३५ दिने सूचना निकालेको थियो । तर, केहि व्यापारिहरुले अटेर गरेपछि महानगरले डोजर लगाएर नै अनाधिकृत संरचना हटाउन थालेको छ । महानगरको उक्त कदमप्रति केहिले तीव्र असन्तुष्टि पोखेका छन् । व्यापारिहरुले महानगरको ३५ दिने सूचनाबारे घरबेटीले आफूहरुलाई जानकारी नै नगराएकाले केहि दिनको म्यान दिन आग्रह गरेका थिए ।
त्यस्तै, बिहीबार बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेसको निरीक्षण गर्ने क्रममा बालेन्द्र साह र कम्प्लेसका प्रतिनिधिबीच भनाभन नै भएको थियो । एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएको भन्दै महानगर एक्सनमा उत्रेको हो ।