आधा दामको सच्चाई
व्यवसायको तरिका फरक फरक हुनु कुनै नौलो कुरा होइन । तर आम सोचाई भन्दा फरक किसिमको पोलिसी भनौ शर्त राखेर व्यवसाय हुनु वा गर्नु आम मानिसको लागि चासोको विषय नहुने त कुरै भएन ।
आज हामी विराटनगरमा अलि फरक धार अझ भनौं फरक किसिमको शर्त राखी शुरु भएको व्यवसायको बारेमा कुरा गर्ने छौं । यहाँको फोन कल प्राप्त भइ रहँदा हामी यो किसिमको व्यवसाय भइरहेको ठाउँमा पुग्यौं र त्यसको प्रक्रियाको बारेमा बुझ्ने कोशिस ग¥यौ ।
कुरा हो विराटनगरको शान्ति चौक नजिक खुलेको एउटा नयाँ पसल रुबी इन्टरप्राइजेजको ।
रुबी इन्टरप्राइजेजमा सबै प्रकारका स्टिलका भाँडाहरु, प्लाष्टिकका वस्तुहरु, टिभि, वासिंग मेसिन, एसि, मोबाइल फोन, स्मार्ट घडीहरु, ल्यापटप साथै काठ तथा स्टिलका फर्निचरहरु बेच्ने गरेको पाइयो ।
यहाँहरुले भन्नु होला यस्ता सामानहरु बेच्ने पसल त धेरै छ । यसमा नयाँ के छ त रु
हजुर केही त नयाँ अनि अनौठो लागेर नै यहाँहरुले हाम्रो मिडियामा कल गर्नु भएको थियो ।
सामानको परल मुल्य भनौ एम आर पि भन्दा आधा दाममा सामान पाइने । पक्कै पनि यो कुरा अनौठो र नयाँ हो ।
हजुर यसैको चिरफार गर्न हामी त्यहाँ पुग्यौ र हामीले गरेको सोधपुछ अनि अनुसन्धानलाई जस्ताको त्यस्तै यहाँहरु समक्ष पेश गर्दैछौं ।
ग्राहक बनेर पुगेका हामीले त्यहाको एक जना महिला कर्मचारी सँग सोधपुछ ग¥यौं । उक्त महिला कर्मचारीले हामीलाई त्यहाँको पोलिसी भनौ शर्तको बारेमा सम्झाउँदै भन्नु भयो । सर तपाईले यहाँ देख्नु भएको कुनै पनि सामान एम आर पि भन्दा आधा दाममा पाउनु हुन्छ । तर त्यसको लागि हजुरलाई १८ दिन सम्म कुर्नु पर्ने हुन्छ ।
किन कुर्नु र हामीलाई यहाँ भइरहेको सामान नै चाहियो । म पैसा दिन्छु सामान दिनुस् सामान त यही नै छ । पैसा लिनुस सामान दिनुस् भन्दा कर्मचारीले भन्नुभयो – होइन सर यो सामान यसरी दिन मिल्दैन । यसको लागि सरले एउटा फर्म भर्नु पर्छ जुन सामान लिने हो त्यो सामानको एम आर पि मा उल्लेख भएको दाम भन्दा आधा दाम तिरे पछि एउटा रसिद को साथै २ ओटा कुपन दिन्छौं । यो २ वटा कुपन हजुरले जुन सामान लिन खोज्नु भएको हो सोही सामानको लागि अरु दुई जनालाई बेच्नु पर्ने हुन्छ । १८ दिन भित्र यो २ वटा कुपनको लागि मान्छे खोज्नु भयो भने हजुरले त्यति खेर नै सो सामान पाइहाल्नु हुन्छ ।
होइन भने १८ दिनसम्म पनि कुनै कुपन बेच्न नसके अर्को १८ दिन कुरेर सो सामानको आधा दाममा ५ प्रतिशत थप पैसा तिरेर लान पाउनु हुन्छ ।
कर्मचारीको कुरा सुनिसकेपछि हामीले त्यहाको मेनेजरसँग भेट्ने इच्छा व्यक्त गर्दा सो कर्मचारीले हामीलाई यस रुबी इन्टरप्राइजेजको संचालकसँग भेट गराउनु भयो ।
संचालकसँग हामीले यस व्यवसायको बारेमा सोधपुछ ग¥यौं । संचालकहरु दक्षिणी भारत चेन्नई बाट आएका रहेछन् । नेपाली बोल्न नजान्ने परेछन् । हिन्दी बोल्न समेत गाह्रो हुने रहेछ । त्यसकारण हामीले अंगे्रजीमै सोधपुछ गर्न थाल्यौ ।
के हो त रु तपाईको यो रुबी इन्टरप्राइजेज रु यसले कसरी काम गर्छ रु
जवाफमा त्यहाँको एक सदस्यले भने – यो