कूल ५८४ अधिकृतस्तरका कर्मचारीको दरबन्दी स्वीकृत

विराटनगर। सरकारले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा गरी कूल ५८४ अधिकृतस्तरका कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ।

भदौ ६ गते बसेको मन्त्रपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहरी विकास मन्त्रालयमा ३८० र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा २०४ गरी कूल ५८४ जना राजपत्रांकित श्रेणीका अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको जानकारी दिए।

यस्तै, बैठकले महिला,शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव न १३२५ र १८२० कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *