मोरङमा कांगेसको लागि गठबन्धन निल्नु न उकाल्नु
विराटनगर। गठबन्धन सरकारको नेत्रित्व गरि रहेको नेपाली कांगेसको लागि चुनाव गठबन्धन निल्नु न उकाल्नु बनेको छ।
निर्वाचा आयोगले निर्वाचनको मिति तोकिए पछि राजनीतिक दलहरु आ-आफ्नो किसिमले चुनावी अभियानमा हुमैका छन्। तर सरकारमा सहभागी दलहरु नेपाली कांगेस ,माओवादी केन्द्रीय ,नेकपा एकीकृत समाजवादी ,जनमोर्चा र जनता समाजवादी पार्टी लगायतका नेताहरु सिट बाढफाडमा केन्द्रित रहेका छन।
माओवादी केन्द्रीयले मोरङमा बिगतमा आफुले जितेको ठाउँमा आफुले नै टिकट पाउनु पर्न्ने दाबी गरि रहको बेला नेपाली कांगेसका आधा दर्जन भन्दा बढी नेताहरुले चुनावी मैदान उत्रिने इक्षा प्रकट गरिसक्नु भएको छ।
मोरङमा डाक्टर शेखर कोइराला ,डाक्टर डिला संग्रोला ,भिम पराजुली ,मिनेन्द्र रिजाल ,महेश आचार्य ,डिग बहादुर लिम्बु ,गुरु राज घिमिरे ,जोस्ट सुजिता कोइराला ,चुव नारायण कबादर ,विजय कुमार गच्छदार आदिले चुनावी मैदानमा उत्रिने इक्षा प्रकट गरिसक्नु भएको छ। यसरी चुनावमा उत्रिने इक्षा राख्नु हुने सबै संघय सरकारका दाबेदार हुन्।
यसरी दाबेदार हुने निज हरु लाई नेपाली कांग्रेसको सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले एकै चौटी व्यवस्थापन गर्न सक्ने आवस्था छैन । गठबन्धन भएमा कांग्रेसको भागमा कुन क्षेत्र पर्छ भनेर सकिने अवस्था छैन । यस प्रकारको रोग माओवादी केन्द्रीयमा पनि देखिन छ। यहाँ अन्तिममा गएर सतासिन दलका शिर्स नेताहरु बिच चुनावी तालमेल हुने र अन्यको हकमा पार्टीले आ-आफ्ने हिसावले उमेद्वारी उठ्ने सम्भावना बढेको छ।
सतासिन दलहरु एउटे चुनाव चिन्ह लिएर उठने सम्भावना कम हुदै गएको हुँदा निर्वाचनमा कसले बाजी मार्छ सो अहिले भन्न सकिदैन।