सुनसरी क्षेत्र नम्बर २ मा यसपटक रोचक राजनीती हुने,गुटबन्दीले जित्ला कांगेस

विराटनगर। मङ्सिर ४ गते हुने संघया र प्रदेश निर्वाचन प्रदेश १ स्थित सुनसरी क्षेत्र नम्बर २ मा यसपटक रोचक राजनीती हुने भएको छ।

सतासिन दल बीच चिनावी तालमेल गर्ने मोखिक सहमति भए पनि आ -आफ्नो तर्फबाट उमेद्वारी हुनेको अकान्छीहरु प्रसद छन्। बिगत लामो समयदेखि नेपाली कांग्रेसले जित्दै आएको यस क्षेत्रमा यसपटक बर्तमान सांसद सिताराम मेहता र केन्द्रिय सदस्यहरु राजीव कोइराला, राजीव ढुङ्गानाले उम्मेदवारी प्रस्तूत गरेका छन् ।सुनसरीको क्षेत्र २ कांग्रेसको गड मानिएको छ। तर कांग्रेसबाट यी तिन जना मध्ये टिकट कस्ले पाउने त्यो भने प्रष्ट भइसकेको छैन ।

बिभिन्न गुटउपगुटमा बाँडिएको कांग्रेसमा टिकटका लागि लविङ्ग जारी रहेको छ। समाचार श्रोतका अनुसार कांग्रेसमा संस्थापन (देउवा) समुहबाट मेहता र ढुङ्गानाको उम्मेदवारी दावी रहेको छ भने संस्थापनइतर (कोइराला) समुहबाट राजिव कोइरालाले उम्मेदवारी दावी रहेको छ। तर सुनसरीको अघोषित इन्चार्ज रहेका संघीय मन्त्री तथा कांग्रेस केन्द्रिय नेता ज्ञानेन्द्र बहादुर कार्कीले कोइरालालाई उम्मेदवार बनाउनुपर्ने लविङ्गमा रहेको बुझिएको छ । सुनसरी २ मा संस्थापनइतरबाट कोइराला उम्मेदवार भए आफ्नो क्षेत्र सुनसरी ४ मा संस्थापनइत्तरले पनि खुलेर साथ दिने कार्कीको बुझाई रहेको कांग्रेसी कार्यकर्ताहरुले बताउने गरेका छन् । कांग्रेसका एक नेताका अनुसार कोइरालालाई संघीय उम्मेदवार बनाएर मेहतालाई समानुपातिक सुचिमा राख्ने र अर्का केन्द्रिय सदस्य ढुङ्गानालाई प्रदेश (क) तिर उम्मेदवार बनाउने चर्चा रहेको छ । मेहता जातीय बहुल्यता रहेको यस क्षेत्रमा सिताराम मेहता पटक पटक जित्दै आएका छन् ।

त्यसैगरी संघीय सांसदका लागि सुनसरी क्षेत्र नम्बर २ बाट नेकपा एमालेले रेवतीरमण भण्डारी उम्मेदवार हुेने भएका छन् । एमालेबाट भण्डारीको उम्मेदवारी निश्चित देखिएका छन् ।

यता प्रदेश (ख) तिर भने एमालेका रामप्रसाद मेहता विरुद्ध कांग्रेसबाट विरेन्द्रकुमार मेहता (केएम) उम्मेदवार हुने चर्चा रहेको छ । पत्रकारिताबाट राजनीतिमा आएका केएम दक्षिण (देवानगञ्ज) का उम्मेदवार हुन् । अहिलेसम्मको इतिहासमा दक्षिणबाट कोही कसैले पनि संसदीय उम्मेदवारी दावीसम्म नगरेका कांग्रेसमा केएमले पहिलोपटक दक्षिणी सहभागिताको माग गरेका हुन् ।

३० हजार मतदाता रहेको दक्षिण क्षेत्रबाट उम्मेदवार बनाए मात्र कांग्रेसले जीत हासिल गर्न सक्ने भन्दै केएमले उम्मेदवारी दावी प्रस्तूत गरेका हुन् । हाल काग्रेसका राजीव कोइराला प्रदेश सांसद रहेका यस क्षेत्रमा एमालेका रामप्रसाद मेहता गत चुनावमा झिनो मतले पराजीत भएका थिए । कोइरालाले प्रदेश छाडी संघीय उम्मेदवारी दावी गरेपछि मेहता जातीय र दक्षिण क्षेत्रीय कमिनेशन मिलाउन केएमको उम्मेदवरी हुने बताइएको छ ।

नेपाली कांग्रेस पार्टी भित्र भइरहेको गुटबन्दीका कारण गत स्थानीय तहको निर्वाचनमा सुनसरीमा कडा हारबेहोर्नु परेको थियो। पार्टी भित्र गुटबन्दी रेहिरहयो भने संघया र प्रदेशको निर्वाचनमा हार बेहर्नु नपर्ने छैन।

Add a Comment

Your email address will not be published. Required fields are marked *