निर्वाचन पद्धतिबारे मतदाताको विश्वास अभिवृद्धि गराउन:प्रमुख निर्वाचन आयुक्त थपलिया

विराटनगर। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद्धतिबारे मतदाताको विश्वास अभिवृद्धि गराउन र मतदानमा आम सहभागिता बढाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा निर्वाचन विषय हेर्ने पत्रकारसँग आज आयोगले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा प्रमुख आयुक्त थपलियाले लोकतन्त्रको जीवन्त पक्ष नै आवधिक निर्वाचन भएकाले यसबारे नियमित बहस र सम्प्रेषण गराउन आग्रह गरे।उनले संवैधानिक व्यवस्थाअनुसार विद्यमान निर्वाचन प्रणालीमा दलले नै उम्मेदवारी दिने र उसैले जित्ने तथा हार्ने कुरालाई स्थापित गर्नुपर्ने बताए।

प्रमुख आयुक्त थपलियाले जसरी पनि जित्नै पर्छ भनेर गलत हर्कत गर्ने अभ्यास स्वच्छ, निष्पक्ष र भयरहीत निर्वाचनका लागि उपयुक्त नहुने उल्लेख गर्दै गत स्थानीय तहको निर्वाचनमा मतदाता नमावली, बदर मत, मतपत्रको ढाँचा आदि विषयमा देखिएका कतिपय कमजोरीबाट यस पटकको निर्वाचनमा पाठ सिकिने बताए।

उनले आउँदो निर्वाचनमा एकीकृत सूचना प्रवाहको संयन्त्र खडा गरिने तथा मतदानका दिन सवारी साधनको आवागमनलाई आवश्यकतानुसार खुकुलो बनाइने स्पष्ट पारे।

Add a Comment

Your email address will not be published. Required fields are marked *