फोहोरमा राजनीतिकरण : कांग्रेसका नेता प्रकाशमान सिंह

काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा राजनीतिकरण भएको छ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपत्यकाको फोहोर व्यवस्थापनको काममा फोहोरमा राजनीतिकरण गरेको बताए। काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै सिंहले सरकारका काम कारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने बताए।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा पनि समुदायलाई सहभागी गराउनुपर्ने उनको जोड छ । उनले काठमाडौं महानगरपालिकालाई फोहोरको दीर्घकालीन व्यवस्थापनको उपाय खोज्न सुझाव दिए । फोहोरमा राजनीतिकरण भएकोमा विरोध जनाउँदै उनले महानगरपालिका, वडा वा सरकारले गर्ने कामहरुमा राजनीतिकरण गर्न नहुने धारणा राखे।

हामीले गरेका कामबाट समुदायले राहत महसुस गर्नुपर्छ । यसलाई राजनीतिकरण गर्नु हुँदैन,’ नेता सिंहले भने ।

Add a Comment

Your email address will not be published. Required fields are marked *