विदेशी लगानीकर्ताका लागि लगानी गर्न वातावरण सिर्जना गर्ने:प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्ताका लागि लगानी गर्ने वातावरण सिर्जना गर्न सरकार तल्लीन रहेको बताए। महिला उद्यमी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले महिला उद्यमीलाई प्रोत्साहन गर्न सो कार्य गर्ने बताएका हुन्।

प्रधानमन्त्री देउवाले महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरण गर्नुपर्ने बताए। उनले भने, ‘महिला उद्यमशीलता प्रवर्द्धन गर्न आवश्यक छ। महिला उद्यमशीलताले रोजगार बढाउँछ। र, उत्पादनलाई बजारीकरण गर्छ। उनले महिला उद्यमी मार्फत् स्वउद्यमी बनाइ अर्थतन्त्रको सवलीकरण गर्न आवश्यक रहेको बताए। महिला उद्यमीबाट उत्पादित बस्तु र सेवाको प्रचारप्रसार, बिक्री प्रवर्द्धन र बजारीकरण गर्नुपर्ने देउवाले बताए। देउवाले भने, ‘महिला उद्यमीहरुको सीप आदान प्रदान गर्नुपर्छ। विदेशी लगानीकर्ताका लागि वातावरण सिर्जना गर्न सरकार तल्लीन छ।

स्वदेशभित्र उपलब्ध कच्चापदार्थ, स्रोत साधनलाई अधिकतम परिचालन गरी निकासी प्रवर्द्धन मार्फत् विदेशी मुद्राको आर्जन गर्ने र रोजगार विस्तार गर्नेमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *