नागरिकताविहीनका लागि नागरिकता विधेयक ल्याएको हौं:सांसद भरत शाह

काठमाडौं। सांसद भरत शाहले नागरिकताविहीनका लागि नागरिकता विधेयक ल्याएको बताएका छन्। बिहीबार प्रतिनिधि सभामा नागरिकता विधेयक- २०७९ को प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद शाहले यस्तो बताएका हुन्।

उनले भने,’ नागरिकताविहीनहरुलाई नागरिकता उपलब्ध गराउन विधेयक ल्याएका हौं। यसमा राष्ट्रपतिले विचार गर्नुपर्थ्यो। त्यसो गर्नु भएन। नागरिकता नपाएर गाउँमा लाखौं युवायुवतीहरु भौतारिरहेको भन्दै उनले आपत्ती जनाए। उनले राष्ट्रपति सबै जनताको अभिभावक भएको र सबै जनताको समस्या हेर्नुपर्ने बताए।

उनले भने,’ राष्ट्रपतिले नागरिकता नपाएका जनताको समस्या देख्नुपर्थ्यो। त्यो गर्नु भएन। विधेयक पास भएपछि नागरिकतासम्बन्धी सबैखाले समस्याको समधान हुने उनको भनाइ छ।

शिक्षित व्यक्तिहरु नागरिकताबिहीन हुँदा देशमा बेरोजगारी सृजना भएको भन्दै उनले विधेयक ससर्त पास गर्नुपर्ने उनको भनाइ छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *