जलेश्वर शिव मन्दिरमा श्रावण महोत्सव सम्पन्न

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत रहेको जलेश्वर शिव मन्दिरमा श्रावण महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका २ अकाहा बजार स्थिति रहेको शिव मन्दिरमा सोमबार महोत्सव सम्पन्न भएको हो।

प्रत्येक बर्षको श्रावण महिनामा जलेश्वर शिव मन्दिरमा भोक्राहा नरसिंहका स्थानीय बासिहरुले राजा बास घाट बाट जल भरी मन्दिरमा अर्पण गर्ने गरि यसपालिको श्रावणमा जल अर्पण सङ्गै प्रत्येक सोमबार धार्मिक तथा सान्स्कृतिक कार्यक्रम गरि सम्पन्न गरिएको जलेश्वर शिव मन्दिर समितिका अध्यक्ष सुनिल गुप्ताले बताउनु भएको छ । श्रावण महिना भगवान शिवको पवित्र महिनाको रूपमा शिव भक्तजनहरु विषेश रूपमा पुजा अर्धाना तथा उपास बस्ने गरिन्छ ।

समुन्द्र मन्थनको बेला समुन्द्र बाट निस्केको विष सेवन बाट शिवको जिउमा विष लहर कम गर्न प्राचीनकाल देखिनै श्रावण महिनामा शिवालयमा शिव भक्तजनहरुले जल अर्पण गर्ने पुजा, पाठ गर्ने धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
भगवान शिव लाई देवको देव महादेव पनि भन्ने गरिन्छ। भगवान शिवको पुजा अर्धाना र उपासले घर परिवामा अर्थात जिवनमा सुख, शान्ती र स्मृधी आउने धार्मिक बिश्वास रहेको छ ।

जलेश्वर शिव मन्दिरमा आयोजित महोत्सव कार्यक्रमा पुर्व गाउँपालिका उपाध्यक्ष महोत्सव कार्यक्रम लाई सम्बोधन गर्दे मन्दिरको भोतिक सनरचनाको अवलोकन गर्दे धर्म सान्स्कृतिको सबैले संरक्षण ,प्रबन्धक गर्नु सबैको कर्तव्य हो । र म पनि व्याक्तिगत रूपमा आवश्यक सहयोग र साथ दिने प्रतिबद्धतामा जोड दिनु भएको थियो ।

कार्यक्रको प्रमुख अथिती भोक्राहा नरसिंह गाउँपलिका प्रमुख प्रसासकिय अधिकृत बाबुनन्द मेहता , विशिष्ट अथिती पुर्व भोक्राहा नरसिंह गाउँपालिका उपाध्यक्ष पुनम कुमारी मेहता, भोक्राहा नरसिंह गाउँपालिका २ का वडा अध्यक्ष आलम अन्सारी , समाजसेवी मुनि लाल मेहता, भोक्राहा प्रहरी चोकीका इन्चार्ज डम्बर गोतम, पुर्व जलेश्वर शिव मन्दिर समितीका अध्यक्ष मोहन लाल साह ,उमेश कुमार मेहता, बर्तमान सचिव शीत कुमार मेहता, लगायत गाउँ समाज सेवि बुद्धिजिवि व्याक्तिहरुको उपस्थिति रहेकोे थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *