स्वास्थ्य मापदण्ड पालना गरेर रथयात्राको प्रबन्ध छोटो समयमा सम्पन्न गर्नुस : मुख्यमन्त्री राई

विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गरेर रथयात्राको प्रबन्ध गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

प्रदेश नं १ को धार्मिक तथा सांस्कृतिक परम्पराको रथयात्रा यस वर्ष कोभिड सङ्क्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पन्न गर्न उनले रथयात्रा व्यवस्थापन समिति र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज रथयात्रा तथा सञ्चालन हुने स्थानबारे जानकारी लिएपछि मुख्यमन्त्री राईले परम्परा पनि कायम हुने र नागरिकको स्वास्थ्य पनि जोखिम नहुने गरी रथयात्राको व्यवस्थापन गर्न भनेका हुन् ।

विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भव्य रथयात्रा हुने गरेको छ । उक्त रथयात्रामा लाखौँको सङ्ख्यामा नेपाल र भारतका भक्तजन सहभागी हुने गरेका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *