लेनदेन मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ

विराटनगरबाट प्रहरीले मङ्गलबार साँझ लेनदेन मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१७ का ४३ वर्षीय प्रदीप साहलाई साँझ ७ः४५ बजेतिर प्रहरीले पक्राउ गरेको हो । लुकिछिपी बसेको अवस्थामा साहलाई विराटनगर–१३ रोडशेष चोकनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लेनदेन मुद्दामा जिल्ला अदालत मोरङले २०७८ चैत २७ गते उनलाई एक वर्ष कैद सजायको फैसला गरेको थियो । अदालतले दोषी ठहर गरेपछि साह फरार बनेका थिए ।

उनलाई प्रहरीले अदालतमा बुझाउने भएको छ । प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गर्ने गरेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *